Lite Nepal

बिहिबार, चैत्र २६, २०८२

अमेरिका । अमेरिकी राष्ट्रिय अन्तरिक्ष संस्थाको हालको चन्द्रमाको उडानमा सहभागी चालक दलले मङ्गलबार १० दिने यात्रा समाप्त गर्दै फिर्तीको चरण सुरु गरेको छ ।

यसैबीच,अन्तरिक्ष संस्थाले सोमबार चन्द्रमाको नजिकको उडानमा खिचिएका पहिलो तस्वीरहरू सार्वजनिक गरेको छ र क्यालिफोर्नियाको सान डिएगो नजिक प्रशान्त महासागरमा अप्रिल १० मा अन्तरिक्ष यानको अवतरण हुने घोषणा गरेको छ ।

अन्तरिक्ष यानको झ्यालबाट खिचिएको पहिलो तस्वीरमा बादलहरू सहितको मद्धिम नीलो पृथ्वी चन्द्रमाको गड्ठा सतहको पृष्ठभूमिमा देखिन्छ ।

संस्थाले तस्वीरमा देखिएको अँध्यारो पृथ्वीको भागमा रात भइरहेको जनाएको छ भने उज्यालो भागमा अस्ट्रेलिया र ओशिनिया क्षेत्रका बादलहरूको घुमावट देखिन्छ । तस्वीरको अगाडिको भागमा गड्ठा देखिन्छ ।

दोस्रो तस्वीरमा अन्तरिक्ष यानबाट हेर्दा चन्द्रमाले सूर्यलाई पूरै ढाकेको देखिन्छ ।

सोमबार मिशनले मानवहरूले पृथ्वीबाट सबैभन्दा टाढा यात्रा गरेको रेकर्ड तोड्यो। चालक दलले आफ्नो अन्तरिक्ष यानमा चार लाख १७१ किलोमिटरको पूर्व रेकर्ड तोडी, १९७० मा कायम गरिएको दूरी पार गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं