Lite Nepal

सोमबार, बैशाख ०७, २०८३

काठमाडौं । नेपाली बजारमा स्मार्टफोन प्रयोग र माग निरन्तर बढ्दै गएको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको नौ महिनामा मोबाइल फोन आयातमा उल्लेख्य वृद्धि भएको हो।

विभागका अनुसार समीक्षा अवधिमा ३३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी मूल्यका १६ लाख ७४ हजारभन्दा बढी थान स्मार्टफोन नेपाल भित्रिएका छन्। यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ८९ हजार थान बढी हो।

गत वर्ष सोही अवधिमा २५ अर्ब ३८ करोड रुपैयाँ बराबरका करिब १५ लाख ८५ हजार थान मोबाइल आयात भएको थियो।

चालु आर्थिक वर्षको चैत महिनामा मात्रै १ लाख ४५ हजारभन्दा बढी थान स्मार्टफोन आयात हुँदा करिब ३ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख छ।

आयात स्रोतका आधारमा चीन प्रमुख आपूर्तिकर्ता देशका रूपमा देखिएको छ। चीनबाट मात्रै १४ लाखभन्दा बढी थान मोबाइल आयात हुँदा २५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी बराबरको कारोबार भएको छ। गत वर्षको तुलनामा चीनबाट हुने आयातमा पनि उल्लेख्य वृद्धि देखिएको छ।

त्यस्तै, भारतबाट पनि ठूलो परिमाणमा स्मार्टफोन भित्रिएका छन्। भारतबाट २ लाख ५५ हजारभन्दा बढी थान मोबाइल आयात हुँदा करिब ७ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको विभागले जनाएको छ।

मोबाइल आयातमा आएको वृद्धि सँगै सरकारको राजस्व संकलनमा समेत सुधार देखिएको छ। चालु आर्थिक वर्षको नौ महिनामा मात्र मोबाइल आयातबाट ६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढी हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं