Lite Nepal

सोमबार, बैशाख ०७, २०८३

कमठमाडौं । कोशी प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहलाई आधुनिक, छरितो र प्रविधिमैत्री बनाउने लक्ष्यसहित इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा डिजिटल सेवा प्रणाली कार्यान्वयनमा ल्याएको छ।

सोमबार आयोजित औपचारिक कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले अनलाइन भुक्तानी तथा टोकन प्रणालीको शुभारम्भ गरे। यससँगै यातायात सेवा प्रक्रियामा डिजिटल माध्यमको प्रयोग सुरु भएको हो।

नयाँ व्यवस्था लागू भएपछि सेवाग्राहीले सवारीसाधनसँग सम्बन्धित राजस्व तथा अन्य शुल्कहरू अनलाइन माध्यमबाटै भुक्तानी गर्न सक्ने सुविधा पाउने भएका छन्। कार्यालयमा प्रत्यक्ष उपस्थित भई लामो समय लाइन बस्नुपर्ने पुरानो अभ्यासलाई क्रमश: विस्थापित गर्ने उद्देश्य यस प्रणालीले लिएको छ।

कार्यक्रममा मन्त्री पराजुलीले सरकारी सेवा प्रवाहलाई सहज बनाउन प्रविधिको प्रयोग अनिवार्य भएको उल्लेख गर्दै परम्परागत प्रक्रियाका कारण देखिने ढिलासुस्ती र झन्झट न्यूनीकरणतर्फ सरकार अग्रसर रहेको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा