Lite Nepal

शुक्रबार, बैशाख १८, २०८३

काठमाडौं । राजधानीका विभिन्न स्थानमा अव्यवस्थित तथा सुकुम्वासी बस्ती व्यवस्थापन तथा हटाउने सरकारी अभियान तीव्र रूपमा अघि बढिरहेको छ।

यसैक्रममा दोस्रो चरणअन्तर्गत शुक्रबार बल्खु, माछापोखरी र शंखमुल क्षेत्रसहितका स्थानमा डोजर परिचालन गरी अनधिकृत संरचना भत्काउने कार्य भइरहेको छ।

सोही अभियानका बीच शंखमुल आसपासका नम्बरी जग्गामा घर निर्माण गरेका केही जग्गाधनीहरूले आफ्नो स्वामित्व प्रमाणित गर्न घरका भित्तामा देखिने गरी लालपुर्जाको प्रतिलिपि टाँसेको देखिएको छ।

सम्भावित अतिक्रमण वा अनिश्चितताबाट जोगिन भन्दै उनीहरूले यस्तो अभ्यास गरेको स्थानीय स्तरमा उल्लेख गरिएको छ।

सरकारी निकायहरूले अव्यवस्थित बसोबास व्यवस्थापनलाई कानुनी प्रक्रिया र स्वामित्वको स्पष्टताका आधारमा अघि बढाइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं