Lite Nepal

शुक्रबार, बैशाख १८, २०८३

काठमाडौं । राजधानीको बल्खु क्षेत्रमा जारी अव्यवस्थित बसोबास हटाउने अभियानका क्रममा धार्मिक संरचना समेत हटाइएको छ।

बागमती नदी किनार अतिक्रमण गरी बनेका घर टहरामाथि बिहानदेखि डोजर चलाइँदा सोही क्षेत्रमा रहेको ऊँ श्री पाथीभरादेवी मन्दिर पनि भत्काइएको छ। मन्दिरसँगै महाकाली र जगतजननीका रूपमा चिनिने संरचनागत स्वरूपहरू समेत हटाइएको जनाइएको छ।

स्थानीय बासिन्दाले धार्मिक संरचना जोगाइदिन अनुरोध गरे पनि सुरक्षाकर्मीको उपस्थितिमा डोजर प्रयोग गरी भत्काउने कार्य अघि बढाइएको स्थानीयको भनाइ छ।

यसअघि सोही क्षेत्रमा रहेको सांगे छोइलिंग गुम्बा पनि हटाइएको थियो। स्थानीयका अनुसार करिब दुई दशकअघि स्थापना गरिएको उक्त मन्दिर पार्वती लामाले निर्माण गरेकी थिइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा