Lite Nepal

शनिबार, बैशाख १९, २०८३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका लागि आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थप उपचार आवश्यक देखिएका २३ जनालाई रिफर गरिएको छ । कीर्तिपुरस्थित राधा सत्संग शिविरबाट १७ जनालाई वीर अस्पताल र ६ जना बालबालिकालाई कान्ति बाल अस्पताल प्रेषण गरिएको हो ।

सुकुम्वासी व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका नागरिकलाई लक्षित गरी मन्त्रालयले कीर्तिपुर र त्रिपुरेश्वरमा शिविर सञ्चालन गरेको थियो । कीर्तिपुरमा आयोजित एकदिने शिविरमा ८२ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमा ४२ जनाको साधारण स्वास्थ्य परीक्षण, २० जनाको आँखा, २० जनाको दाँत र १४ जना बालबालिकाको स्वास्थ्य जाँच गरिएको मन्त्रालयले जनाएको छ । शिविरमा ४६ जनालाई निःशुल्क औषधि वितरण गर्नुका साथै केहीलाई मनोसामाजिक परामर्श समेत दिइएको थियो ।

यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको तीनदिने शिविरको पहिलो दिन १ सय ४० जनाले सेवा लिएका छन् । सेवा लिनेमा १०१ महिला र ३९ पुरुष छन्, जसमा ४५ जना ज्येष्ठ नागरिक र ५ जना बालबालिका रहेका छन् ।

शिविरमा आएका बिरामीहरूमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्राइटिस, झाडापखाला, दीर्घकालीन श्वासप्रश्वास र विभिन्न किसिमका संक्रमण तथा चोटपटकको समस्या देखिएको चिकित्सकले बताएका छन् । मन्त्रालयको उच्च नेतृत्वले दुवै शिविरको स्थलगत अनुगमन समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा