रासस

शुक्रबार, बैशाख २५, २०८३

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको चारदिने एकीकृत घुम्ती शिविरबाट तीन हजार ३७५ जना सेवाग्राही लाभान्वित भएका छन् ।

शिविर गाउँपालिकाका छवटै वडामा सञ्चालन भएको थियो । बिहीबार वडा नं ५ मा सम्पन्न घुम्ती सेवामार्फत ८३० जना सेवाग्राहीले सेवा लिएका थिए । त्यसअघि वडा नं १ मा ८८३ जना, वडा नं २ ढुंगेसाँघुमा ८३८ जना तथा वडा नं ६ फाकुम्बामा ८२४ जनाले सेवा लिएका गाउँपालिकाका प्रशासन अधिकृत स्मीका याक्खाले जानकारी दिइन् ।

शिविरमा प्रशासन, स्वास्थ्य, पञ्जीकरण, कृषि विकास, पशुसेवा, योजना तथा पूर्वाधार, नक्सापास, उद्यम विकास तथा सूचना-सञ्चारलगायत १३ वटा शाखामार्फत सेवा प्रवाह गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं