Lite Nepal

शुक्रबार, बैशाख २५, २०८३

विराटनगर । मोरङको जहदा स्थित राम जानकी आधारभूत विद्यालयमा आयोजित आँखाको निःशुल्क स्वास्थ्य शिविरमा एक सय २५ जनाले सेवा लिएका छन् ।

विराटनगर – १५ मा रहेको रानी आँखा अस्पतालको आयोजना तथा राम जानकी आधारभूत विद्यालयको व्यवस्थापनमा शुक्रबार सम्पन्न एक दिने शिविरमा स्थानीयको आँखा परीक्षण गरिएको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले जानकारी दिइन् ।

जहदा गाउँपालिका ३ क्षेत्रका नागरिकले उक्त शिविरबाट प्रत्यक्ष लाभ लिएका थिए ।  साथै परीक्षणका क्रममा अप्रेसन नै गर्नुपर्ने बिरामीलाई अस्पतालमा ५० प्रतिशत छुटको पनि व्यवस्था गरेको अस्पतालले जनाएको छ ।

शिविर बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन भएको थियो । रानी आँखा अस्पतालले विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यसबाट हालसम्म हजारौं नागरिकले लाभ लिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं