Lite Nepal

शुक्रबार, बैशाख २५, २०८३

काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै काठमाडौंका विभिन्न ठाउँका खोला किनारका बस्ती हटाउने कार्य रोकिएको छ । सर्वोच्चले काठमाडौंका नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न शुक्रबार सरकारलाई अन्तरिम आदेश दिएको थियो ।

शनिबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३ र २६ मा पर्ने खाडीपाखा, सामाखुसीका खोला किनारका बस्ती हटाइने तयारी थियो । त्यस क्षेत्रका खोला किनारका बस्ती दुई दिनभित्र खाली गरिदिन माइकिङ समेत भएको थियो । तर, अदालतको आदेशपछि बस्ती हटाउने कार्य हाललाई स्थगित भएको महानगर प्रहरीप्रमुख एसपी विष्णु जोशीले जानकारी दिए ।

“काठमाडौं महानगरपालिका वडा नम्बर ३ र २६ मा पर्ने खाडीपाखा, सामाखुसीका खोला किनारका बस्ती हटाउने भनिएको भोलि बिहान ७ बजेको कार्यक्रम सम्मानित अदालतको आदेशबमोजिम स्थगित गरिएको व्यहोरा अनुरोध छ,” महानगर प्रहरीले भनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं