Lite Nepal

आइतबार, बैशाख २७, २०८३

काठमाडौं । दक्षिण भारतीय चलचित्र क्षेत्रका अभिनेता तथा राजनीतिज्ञ जोसेफ विजय चन्द्रशेखरले भारतको तमिलनाडु राज्यको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहमा उनले औपचारिक रूपमा शपथ ग्रहण गरेका हुन् । सो समारोहमा परिवारका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, चलचित्र क्षेत्रका व्यक्तित्व तथा ठूलो संख्यामा समर्थकहरूको उपस्थिति रहेको थियो ।

यससँगै तमिलनाडुमा करिब ६ दशकपछि डीएमके र एआईएडीएमके बाहेकको राजनीतिक दल नेतृत्वमा सरकार बनेको छ ।

विजयले स्थापना गरेको राजनीतिक दल टिभिकेले छोटो समयमै प्रदेश राजनीतिमा उल्लेखनीय उपस्थिति जनाएको छ । हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा २३४ सिटमध्ये १०८ सिट जित्दै पार्टीले प्रभावशाली प्रदर्शन गरेको थियो ।

तर सरकार गठनका लागि आवश्यक ११८ सिटको स्पष्ट बहुमत नपुगेपछि काँग्रेस, भारतीय कम्युनिस्ट पार्टी र मार्क्सवादी कम्युनिस्ट पार्टीलगायत दलहरूको समर्थन जुटाएर उनले सरकार गठनको बाटो सुनिश्चित गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं