Lite Nepal

सोमबार, बैशाख २८, २०८३

एजेन्सी । मध्यपूर्वमा जारी संकटकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपिल गरेका छन् । यसले विदेशी विनिमयको बचत गर्नुका साथै विश्व युद्धजस्तो अवस्थाको प्रभाव पनि कम हुने उनको भनाइ छ ।

उनले भारतले पेट्रोल, डिजेल र ग्यासको विकल्पमा सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई पनि बढावा दिने सरकारको नीति रहेको बताए ।

उनले हैदराबादमा नौ अर्ब ४० करोड भारतीय रुपैयाँका परियोजनाहरूको उद्घाटन र शिलान्यास समारोहमा बोल्दै देशलाई मध्यपूर्वमा जारी युद्धबिच आउने सबै खाले संकटलाई टार्न नागरिकसमेतले विवेकपूर्ण रूपमा दैनिकी चलाउनुपरेको उल्लेख गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ विदेशबाट आयात गर्ने गरेको बताउँदै यस्तोमा यदि मानिसहरूले आवश्यकताभन्दा बढी पेट्रोल, डिजेल र ग्यासको प्रयोग गरे भने त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्नेछ ।

विश्व अहिले ठूलो ऊर्जा संकटबाट गुज्रिरहेको र मध्यपूर्वमा जारी तनावले चिन्तालाई थप बढाएको उनले बताए । प्रधानमन्त्री मोदीले जनतालाई पेट्रोलियम पदार्थको बुद्धिमानीपूर्वक प्रयोग गरी विदेशी विनिमयको बचत मात्र नभएर युद्ध र विश्वव्यापी संकटको प्रभाव पनि कम गर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री मोदीले भने, पछिल्ला केही वर्षमा भारत सौर्य ऊर्जाको क्षेत्रमा विश्वका प्रमुख देशहरूमा सम्मिलित भएको छ। पेट्रोलमा इथानोल मिसाउने काम तीव्र गतिमा अघि बढाइएको छ।”

उनले अगाडि भने, “सरकारले पहिले देशका हरेक घरमा एलपी ग्यास पुर्‍याउन काम गरिरहेको थियो, अहिले पाइपबाट ग्यास सस्तो दरमा उपलब्ध गराउनेमा जोड दिइएको छ । यसका साथै सीएनजीमा आधारित प्रणालीलाई पनि प्रवर्धन गरिएको छ । यी सबै प्रयासका कारण भारतले विश्वको सबैभन्दा ठूलो ऊर्जा संकटको सामना गर्न सक्षम भएको छ ।”

कार्यक्रममा प्रधानमन्त्री मोदीले तेलंगानाका मुख्यमन्त्री ए. रेवन्त रेड्डीलाई केन्द्रसँग मिलेर काम गर्न सुझाव दिए ।

लोकतन्त्रमा विभिन्न दलको सरकार हुनु गलत नभएकाले प्रदेश र देशको विकासका लागि मिलेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री मोदीले भने, “राज्यको प्रगतिले मात्र देश अगाडि बढ्छ भन्दै ‘विकसित भारत २०४७’ को लक्ष्य हासिल गर्न सामूहिक प्रयासमा जोड दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं