Lite Nepal

शनिबार, भाद्र ०६, २०७७

काठमाडौं । मंगलबार दुबईबाट नेपाल फर्कन नपाएका २ सय ३५ जना नेपाली आइतबार नेपाल फर्कने भएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले अनुमतिमा आइतबार बिहान नेपाल एयरलाइन्स दुबई जान लागेको जानकारी दिइएको छ।

उनीहरूलाई लिनका लागि आइतबार बिहान नेपाल एयरलाइन्स दुबई जाने र बेलुका उनीहरूलाई लिएर फर्कने गरी नेपाल एयरलाइन्सले सेड्युल निर्धारण गरेको छ।

दुबईबाट काठमाडौं आउनका लागि मंगलबार २३५ जना यात्रु तयारी अवस्थामा थियो।

सोही उडानबाट १५ टन कार्गोसमेत ल्याउने तयारी गरिएको थियो।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सोमबार गरेको एकपक्षीय निर्णयका कारण मंगलबार उनीहरू नेपाल फर्कन पाएका थिएनन्।

यस विषयमा पर्यटन मन्त्री योगेश भट्टराई र रक्षामन्त्री ईश्वर पोखरेलबीच प्रधानमन्त्री केपी शर्मा ओलीकै सामुन्ने भनाभनसमेत भएको थियो।

पछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै उनीहरूलाई तत्काल फर्काउने काम अघि बढाउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको थियो।

सिसिएसीकाे सो निर्णयको सर्वत्र आलोचना समेत भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं