Lite Nepal

शुक्रबार, भाद्र २६, २०८३

काठमाडौँ । अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने भएको छ। अध्यागमन विभागले नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था लागू गरेको हो।

विभागले आज जारी गरेको प्रेस विज्ञप्तिमा आफ्नो सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको जनाएको छ। नयाँ व्यवस्था लागू भएसँगै भ्रमण विवरण लिन सेवाग्राहीले विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यता अन्त्य भएको विभागले जनाएको छ।

नागरिक एपमा सम्बन्धित व्यक्तिको राहदानी विवरण देखिने भएकाले व्यक्तिगत विवरण पूर्ण रूपमा सुरक्षित रहने विभागको भनाइ छ। यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट हुने, समयमा विवरण प्राप्त नहुने तथा विभागको कार्यबोझसमेत बढ्ने गरेको थियो।

नयाँ प्रविधिको प्रयोगसँगै सेवाग्राहीको समय र लागत दुवै बचत हुने अध्यागमन विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताए। उनका अनुसार विभिन्न व्यक्ति तथा संघसंस्थाले नागरिक एपमार्फत प्राप्त भ्रमण विवरणलाई आधिकारिक स्रोतका रूपमा प्रयोग गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं