Lite Nepal

शुक्रबार, भाद्र २६, २०८३

विराटनगर । साँझ पर्न लागेको समय । विराटनगरको तात्तातो मौसम । सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्स हलमा दर्शक भरिँदै थिए । सबैको प्रतीक्षा थियो भारतमा तहल्का मच्चाएको चलचित्र ‘हनुमान अंश’को । शक्रबारबाट नेपालमा पनि प्रदर्शनमा आएको चलचित्रको सुरुवाती अवस्था भव्य थियो । 

हलमा पुगेका दर्शकले प्रतिक्रिया दिँदै भने, ‘भारतमा भाइरल चलचित्र बल्ल नेपालमा लाग्यो, आज सेन्ट्रल मल्टिप्लेक्स हल हेर्ने मौका मिल्यो ।’ 

सुरुवाती दिनमा नै विराटनगरमा पनि चलचित्रले दर्शकको राम्रो साथ पाएको हल सञ्चालकले बताएका छन् । 

यो नीम करोली बाबाको जीवन तथा दर्शनमा आधारित चलचित्र हो । भारतमा अगस्ट ७ देखि प्रदर्शनमा आएको फिल्मले सुरुवाती दुई सातामा अपेक्षाकृत कमजोर व्यापार गरे पनि तेस्रो र चौथो सातामा उल्लेख्य व्यापार गरेको थियो । 

करिब दुई करोड भारुमा निर्माण भएको भनिएको ‘हनुमान अंश’ले भारतमा हालसम्म १३१ करोड भारु नेट कमाइ गरेको दाबी गरिएको छ । फिल्ममा ठुलो स्टार कलाकार र व्यापक प्रचारबिना नै दर्शकको राम्रो साथ पाएको बताइएको छ ।

चलचित्रको लेखन तथा निर्देशन विशाल चतुर्वेदीले गरेका छन् । यो चलचित्रमा प्रेम, भक्ति र हनुमानप्रतिको आस्थालाई कथाको प्रमुख आधार बनाएको छ । 

चलचित्रमा सोबिनव सत्य, चन्दन आनन्द, पूर्णिमा तिवारी, अनिल रस्तोगी लगायत कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रको अवधि करिब २ घण्टा ३० मिनेट छ । 

तपाई पनि चलचित्र हेर्न चाहनुहुन्छ भने प्रदर्शन समय र टिकटसम्बन्धी विवरण सेन्ट्रल मल्टिप्लेक्सको आधिकारिक बुकिङ प्रणालीबाट हेर्न सक्नुहुन्छ । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं