Lite Nepal

बुधबार, जेठ २७, २०८३

विराटनगर । विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालले एक दिने निःशुल्क शिविरको आयोजना गर्दै जिल्ला कारागार मोरङका कैदी बन्दीको आँखाको परीक्षण गरेको छ ।

बुधबार बिहान १० बजेदेखि ४ बजे सम्म कारागार परिसरमा निःशुल्क शिविर सञ्चालन गर्दै ३०० जना कैदी बन्दीको आँखाको परीक्षण गरिएको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले जानकारी दिइन् ।
उनका अनुसार परीक्षण गरिएका ३०० मध्ये ४ जनाको अप्रेसन गर्नुपर्ने देखिएको छ । बुधबार उक्त स्थानमा २४० जना पुरुष र ६० जना महिलाको आँखाको परीक्षण गरिएको हो ।

अस्पतालले शिविरमा परीक्षण गरिएका आँखाको अप्रेसन गर्नुपर्ने बिरामीलाई ५० प्रतिशत छुट सहितको व्यवस्था गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम अनुसार अस्पतालले कोशी प्रदेशका विभिन्न जिल्लामा समय समयमा निःशुल्क आँखा शिविरको आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं