Lite Nepal

सोमबार, आषाढ ०८, २०८३

कैलाली । अत्यधिक गर्मी बढेसँगै धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार केही दिनयता बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो ।

धनगढी उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा असार ९ गतेदेखि असार १२ गतेसम्म (बीचमा पर्ने सार्वजनिक बिदासहित) चार दिन पठनपाठन बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

बिदाको अवधिमा विद्यार्थीहरूलाई घरमै सुरक्षित रहन तथा अत्यधिक गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन अभिभावकहरूलाई समेत आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं