काठमाडौं । काठमाडौंमा रेबिज संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
रेबिज संक्रमणपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना भएका एक ४८ वर्षीय पुरूषको उपचारका क्रममा शनिबार मृत्यु भएको हो।
उनी असार ५ गते भर्ना भएका थिए। ती पुरुषले रेबिजविरुद्धको खोप (एआरभी) नलगाएको पाइएको चिकित्सकले बताएका छन् ।