विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिग्री क्याम्पस विराटनगरका सहप्राध्यापकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले आज त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल, विराटनगरका तत्कालीन सह-परीक्षा नियन्त्रक हाल डिग्री क्याम्पस विराटनगरमा कार्यरत सहप्राध्यापक डिल्लीराम प्रसाई समेतका प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दा अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो।
