Lite Nepal

बिहिबार, आषाढ ११, २०८३

काठमाडौँ । झुटो विवरणका आधारमा नेपाली नागरिकताको सर्जमिन सिफारिस गरेको आरोपमा मोरङको रंगेलीमा वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन्।

अंगीकृत नागरिकताका लागि झुटो विवरणका आधारमा सिफारिस गरेको आरोपमा बिहीबार रंगेली नगरपालिका – ५ का वडाध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र सोही वडाका सदस्य ४६ वर्षीय गणेश ऋषिदेव पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार, रंगेली–५ बस्ने मनुवा कुमार महतोले अधनुनिया महतो आफ्नो आमा भएको दाबी गर्दै झुटो विवरण पेस गरेका थिए। सोही झुटो विवरणलाई आधार मानी वडा अध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवले अङ्गीकृत नेपाली नागरिकताका लागि सर्जमिन सिफारिस गरिदिएका थिए।

झुटो सिफारिस गरिएको तथ्य खुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान कार्य भइरहेको छ।

प्रहरीले यस सम्बन्धमा अन्य प्रक्रियाहरू अगाडि बढाइएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं