Lite Nepal

बिहिबार, आषाढ ११, २०८३

काठमाडौं । सरकारले सवारी तथा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कडा आर्थिक दण्डको दायरामा ल्याउने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको नयाँ यातायात विधेयकमा विभिन्न कसुरका लागि हालको भन्दा उल्लेखनीय रूपमा बढी जरिवाना प्रस्ताव गरिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार सवारीमा बाहिरबाट भित्र नदेखिने गरी अपारदर्शी सिसा वा अन्य सामग्री प्रयोग गरे अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ। यस्तै, मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारी चलाउने चालकलाई सवारीको प्रकृतिअनुसार २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यस्तै, मोबाइल फोन प्रयोग गर्दै सवारी चलाउने, लेन अनुशासन उल्लंघन गर्ने, एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने तथा फुटपाथमा सवारी गुडाउने कार्यमा १० हजार रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ। हेल्मेट वा सिटबेल्ट प्रयोग नगर्ने, ट्राफिक संकेत उल्लंघन गर्ने, तोकिएको क्षमताभन्दा बढी यात्रु बोक्ने र प्रदूषण परीक्षण नगरेका सवारी सञ्चालन गर्नेहरूलाई पनि कसुरअनुसार फरक–फरक जरिवाना तोकिएको छ।

विधेयकमा ट्राफिक जरिवाना डिजिटल माध्यमबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, जरिवाना नतिरेसम्म चालक अनुमति पत्र, ब्लुबुक वा अन्य आवश्यक कागजात नियन्त्रणमा राख्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। एउटै कसुर पटक–पटक दोहोर्‍याउने चालकलाई थप जरिवाना लगाउने प्रावधान समेत मस्यौदामा समावेश गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं