Lite Nepal

शनिबार, आषाढ १३, २०८३

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा एक मजदुर माथि राती भएको कुटपिटको घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ३ सदस्य छानबिन समिति गठन गरेको छ ।

शुक्रबार दिउँसोबाट सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रातको समयमा एक व्यक्ति माथि अपशब्द बोल्दै कुटपिट भएको देखिन्छ । उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै घटना ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका थेचम्बुमा भएको उल्लेख गरिएको छ ।

उक्त घटनाको विभिन्न भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा प्रहरी र प्रशासनलाई मेनसन गर्दै ‘कानुन सबैलाई बराबर हो’ भन्दै कारबाहीको दबाब बढेको थियो ।

उक्त दबाबपछि शनिबार प्रहरीले एक विज्ञप्ति जारी गर्दै पोस्ट भएका विभिन्न भिडियोहरूको सम्बन्धमा सत्य तथ्य बुझी ५ दिन भित्र प्रतिवेदन पेस गर्नको लागि प्रहरी निरीक्षक जटाशंकर यादवको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) उमेश जोशीले जानकारी दिए ।

छानबिन समितिले पेस गरेको प्रतिवेदन अनुसार घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याइने उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं