Lite Nepal

शनिबार, आषाढ २०, २०८३

न्युयोर्क । मेरिकाको विस्कन्सिन राज्यको दक्षिणी भागको जेनेभा तालमा गम्भीर मौसमको कारण डुंगा पल्टिएर दुर्घटना हुँदा तीन जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।

जेनेभा प्रहरी विभागले चार बच्चाहरू सहित १० जना सवार रहेको डुंगा तीव्र हावा र उग्र छालहरूको कारणले डुबाएको जनाएको छ ।

छ जना वयस्क र एक बालकलाई पानीबाट उद्धार गरिएको जनाउँदै प्रहरीले अन्य तीन जना बालबालिकाको उद्धार प्रयासका बाबजुद मृत्यु भएको पुष्टि गरेको छ ।

वालवर्थ काउन्टी अन्डरशेरिफ टम हाउसनरले दक्षिणी वालवर्थ काउन्टीमा दिउँसो शक्तिशाली आँधी आउँदा ठुलो क्षति भएको बताइएको छ ।

लेक जेनेभा शहरका मेयर टोड क्राउसले दुर्घटना पछि आपतकालिन अवस्था घोषणा गरेका छन् । वालवर्थ काउन्टीले नजिकैका काउन्टीहरूमा कानून प्रवर्तन र विस्कन्सिन प्राकृतिक संसाधन विभागबाट सहयोग मागेको हाउसनरले बताएका छन् ।

यसै गरी मिडवेस्टमा आएको आँधीका कारण, धेरै अमेरिकी शहरहरूमा छुट्टी हुनुका साथै कार्यक्रमहरू रद्द गरेको मिडियाले रिपोर्ट गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं