Lite Nepal

मंगलबार, आषाढ २३, २०८३

काठमाडौं । बेल्जियमले विश्वकप २०२६ मा मंगलबार अमेरिकालाई ४–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान निश्चित गरेको छ । हारले सह–आयोजक अमेरिका प्रतियोगिताबाट बाहिरिएको छ । यससँगै प्रतियोगितामा तीनै सह–आयोजक देशको चुनौती समाप्त भएको छ ।

यसअघि क्यानाडा र मेक्सिको पनि अन्तिम १६ को चरणमै रोकिएका थिए । अब अन्तिम आठ चरणको खेलमा बेल्जियमले अर्को युरोपेली टिम स्पेनको सामना गर्नेछ । स्पेनले यसअघिको खेलमा पोर्चुगललाई हराएको थियो ।

सियाटलमा मंगलबार भएको खेलमा बेल्जियमका लागि पहिलो हाफमा चार्ल्स डे केटेलेरेले दुई गोल गरे । उनले ११ औं मिनेटमा पहिलो गोल गरेपछि ३३ औं मिनेटमा दोस्रो गोल थपे । यसबीच अमेरिकाका लागि मलिक टिलमनले ३१ औं मिनेटमा एक गोल फर्काए ।

खेलको ५७ औं मिनेटमा अमेरिकी रक्षापंक्तिको कमजोरीको फाइदा उठाएर हान्स भानाकेनले बेल्जियमका लागि तेस्रो गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले चौथो गोल गरे ।

खेल आफैं विवादास्पद रह्यो र अमेरिकाका लागि फोलोरिन बोलोगनले सुरुदेखि खेलेका थिए । बोस्निया एन्ड हर्जगोभिनाविरुद्धको खेलमा रातो कार्ड पाएका बोलोगनको एक खेल प्रतिबन्ध सजाय फिफाले फिर्ता लिएपछि त्यसको चर्को आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं