काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका छन्।
गोडैता नगरपालिका-१० निवासी ३५ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिएका छन्।
डीएसपी गौतमका अनुसार मण्डलको उद्धार गरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहे पनि बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
थप उपचारका लागि उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ। उपचारका लागि काठमाडौँ ल्याउन हेलिकप्टरसमेत उडी सकेको डीएसपी गौतमले जानकारी दिए।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।