Lite Nepal

शनिबार, आषाढ २७, २०८३

विराटनगर । किराँत लिम्बू समुदायको मौलिक पर्व सिसेक्पा तङ्नाम (साउने सङ्क्रान्ति) को अवसरमा किरात याक्थुङ चुम्लुङ विराटनगर महानगर समितिले शनिबार विविध सांस्कृतिक कार्यक्रम गरी पर्व मनाएको छ ।

पर्वका अवसरमा आयोजित कार्यक्रममा समुदायका अग्रज, बुद्धिजीवीको सहभागिता रहेको थियो ।

कार्यक्रममा परम्परा अनुसार नाङ्लो ठटाउँदै र राको बालेर सहकाल आइज, अनिकाल जा भन्ने कामना गरिएको थियो ।

यसरी सहकाल, समृद्धि, सुख–शान्ति तथा राम्रो उत्पादनको कामना गर्दै अनिकाल, दुःख–कष्ट र विपत्ति टार्ने सांस्कृतिक विश्वासअनुसार सिसेक्पा तङ्नाम मनाइएको आयोजकले जनाएको छ ।
लिम्बू समुदायले सिसेक्पा तङ्नामलाई आफ्नो मौलिक पर्वका रूपमा मनाउँदै आएको छ ।

साउने सङ्क्रान्तिका दिन मनाइने यो पर्वले प्रकृतिप्रति सम्मान, कृषि संस्कृतिको संरक्षण तथा सामुदायिक एकतालाई थप मजबुत बनाउने विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं