Lite Nepal

आइतबार, आषाढ २८, २०८३

विराटनगर । विराटनगर महानगरपालिका-१४ को जतुवाबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ परेका छन् । आइतबार बिहान सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको हो ।

जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली र १४० ग्राम गाँजा बरामद भएको थियो । प्रहरीले उनको साथबाट दुई थान मोबाइल फोन र भालासमेत बरामद गरेको छ ।

पक्राउ परेका यादवलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं