काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रवारको तुलनामा सुन तोलामा ६ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४७५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।