Lite Nepal

आइतबार, आषाढ २८, २०८३

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताइएका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आएका सुकुम्वासी परिवारसँगको छलफलमा उनले सुकुम्वासी/भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताएका हुन् ।

“तपाईँहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ”, गृहमन्त्री गुरुङले भने, “यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्‍यो ।”

सुकुम्वासी/भूमिहीन समस्यालाई समाधान गर्ने सरकारको प्रयासमा कसैले पनि राजनीति गर्न नहुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं