Lite Nepal

सोमबार, आषाढ २९, २०८३

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाको काठमाडौँको रातोपुलस्थित निवास अगाडि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको पाइएको छ।

काँग्रेस स्रोतका अनुसार बीएसी ९५७५ नम्बरको गाडी सभापति थापाको निवासअगाडि पार्किङ गरिएको हो। घटनाबारे थप तथ्य पत्ता लगाउन आसपासका सिसिटिभी फुटेजको अध्ययन भइरहेको स्रोतले जनाएको छ।

स्थानीयका अनुसार उक्त गाडी बिहान करिब ७ बजेदेखि निवासअगाडि पार्किङ गरिएको छ। स्थानीयले गाडी पार्किङ गरेर चालक नेपाल प्रहरीको गाडीमा चढेर त्यहाँबाट गएको दाबी गरेका छन्। यद्यपि, यस विषयमा नेपाल प्रहरीले आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं