Lite Nepal

सोमबार, आषाढ २९, २०८३

काठमाडौं । आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ ।

उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

नेपालीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

सो क्रममा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालमा पुर्‍याइएको थियो ।

पीडित पक्ष र सरकारबीच आइतबार ९ बुँदे सहमति भएसँगै नेपालीको शवलाई अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं