Lite Nepal

मंगलबार, आषाढ ३०, २०८३

विराटनगर । नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका दुई कर्मचारीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

सोमबार राति दुहवी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन भएका थिए सोही क्रममा बा १ ञ १६५१ नम्बरको प्राधिकरणको स्कोरपिओ इटहरी–२० सेउती पुलबाट करिब २०० मिटर दक्षिणतर्फ दुर्घटनामा परेको हो ।

नेपाल विद्युत् प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलका अनुसार राति ९ः५४ बजे लाइनमा समस्या आएपछि टोली मर्मतका लागि निस्किएको थियो । तर गन्तव्यमा पुग्नुअघि नै दुर्घटना हुँदा दुई कर्मचारीको ज्यान गएको उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको स्कोरपिओ राति करिब ११ः४० बजे आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा स्कोरपिओ चालक धरान–१३ का ३३ वर्षीय बिर्खबहादुर राई र हेल्पर पदमा कार्यरत धरान–१६ का ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका प्राधिकरणका ज्यालादारी कर्मचारी धरान–२० का ३२ वर्षीय पदम राईको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं