Lite Nepal

बुधबार, आषाढ ३१, २०८३

काठमाडौं । बुधवारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो ।

इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट ग्यास लोडिङमा सुधार आएपछि निगमले यो व्यवस्था लागू गरेको हो।

उपभोक्ताले १४.२ केजीको ग्यासको मूल्य भने दुई हजार ६० रुपैयाँ तिर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसअघि ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन निगमले लागू हुने गरी प्रति सिलिन्डर ७.१ केजी मात्र ग्यास भरी आधा सिलिन्डर बिक्री गर्ने निर्णय गरेको थियो।

नियमित रूपमा एलपी ग्यास आयात भइरहेकाले उपभोक्ताहरूलाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण (होर्डिङ) नगर्न समेत निगमले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं