Lite Nepal

सोमबार, साउन ०४, २०८३

काठमाडौं । लागू औषध नियन्त्रण ब्युरोले सिलिकनमा मिसाई कपडाको स्वरूपमा लुकाएर नेपाल भित्र्याइएको ४.२७८ किलोग्राम कोकेनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको जनाएको छ।

ब्युरोका अनुसार हवाई मार्गबाट नेपाल आउने विदेशी नागरिकहरूको प्रोफाइलिङका क्रममा कतार एयरवेजको उडानमार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौँ आएकी एक कोलम्बियाली नागरिकलाई काठमाडौं महानगरपालिका–१६ स्थित एक होटलमा खानतलासी गर्दा उक्त परिमाणको कोकेन बरामद गरिएको हो।

प्रहरीका अनुसार कोकेनलाई सुटकेसभित्र फल्स बटम तयार गरी ब्ल्यांकेट, टोपी, ज्याकेट, एप्रोन र नेक पिलोमा सिलिकनसँग मिसाएर लुकाइएको अवस्थामा फेला पारिएको थियो।

घटनाको थप अनुसन्धानका क्रममा उक्त कोकेन लिन भारतको मणिपुरबाट काठमाडौँ आएकी एक भारतीय महिलालाई पनि पक्राउ गरिएको ब्युरोले जनाएको छ। दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेमा ६२ वर्षीया कोलम्बियाली नागरिक योनेथ गार्जोन काइसिडो र भारतको मणिपुर घर भएकी ३७ वर्षीया रेबेक्का पुल्ले रहेका छन्।

ब्युरोका अनुसार उनीहरूबाट ४.२७८ किलोग्राम कोकेन (सिलिकनसहित), एक थान राहदानी, भारतीय निर्वाचन आयोगको एक थान परिचयपत्र, २०० अमेरिकी डलर, चार थान मोबाइल फोन तथा एक थान सुटकेस बरामद गरिएको छ।

लागू औषध नियन्त्रण ब्युरोले पछिल्लो समय अन्य मुलुकबाट नेपालमा ल्याइने लिक्विड कोकेनलाई सिलिकनसँग मिसाई कपडाको आकार तथा स्वरूपमा तयार गरी लुकाएर ओसारपसार गर्ने नयाँ प्रवृत्ति देखिएको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं