काठमाडौं । बझाङको कोट्देवल केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ः४० बजेको समयमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो । भूकम्पको धक्का बझाङका साथै बैतडीका विभिन्न क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।
भूकम्पका कारण हालसम्म कुनै पनि धनजनको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।