Lite Nepal

बुधबार, साउन ०६, २०८३

काठमाडौं । स्थायी कर्मचारी भर्नासम्बन्धी प्रक्रिया रोक्ने सरकारी निर्णयको विरोध गर्दै युवा तथा विद्यार्थीहरूले बुधबार काठमाडौँमा प्रदर्शन गरेका छन्। उनीहरूले लोक सेवा आयोगमार्फत हुने नियमित पदपूर्ति प्रक्रिया अवरुद्ध नगर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीले दुई दिनअघि सचिवस्तरीय बैठकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना लोक सेवा आयोगमार्फत पदपूर्ति प्रक्रिया अघि नबढाउने निर्णय गरिएको भन्दै त्यसलाई तत्काल फिर्ता लिनुपर्ने बताएका छन्।

माइतीघरमा आयोजित प्रदर्शनका क्रममा उनीहरूले लोक सेवा आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार विज्ञापन प्रकाशन र परीक्षा सञ्चालनको प्रक्रिया यथावत् अघि बढाउनुपर्ने माग राखेका छन्।

प्रदर्शनमा सहभागी युवाहरूले वर्षौँदेखि लोक सेवाको तयारीमा गरेको मेहनत सरकारी निर्णयका कारण प्रभावित भएको तथा रोजगारी प्राप्त गर्ने अवसरसमेत अनिश्चित बनेको गुनासो गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं