विराटनगर । सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानी, मोरङको टोलीले ठूलो परिमाणको अवैध लत्ताकपडा र तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
(हिजो) बुधवार विराटनगर महानगरपालिका–१६ स्थित दरैया क्षेत्रबाट अवैध रूपमा भित्र्याइएका लत्ताकपडा र सामान ओसारपसारमा प्रयोग गरिएका मोटरसाइकलहरू बरामद गरिएको हो।
अवैध लत्ताकपडा ३ वटा मोटरसाइकल बरामद गरिएको छ । बरामद गरिएका सामान तथा मोटरसाइकलहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।