Lite Nepal

शुक्रबार, साउन ०८, २०८३

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकमा बिहीबार राति मोटरसाइकल दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ ।

विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति १०ः३५ बजेतिर दुर्घटना हुँदा मोटरसाइकल चालक गौरीगन्ज गाउँपालिका–६ आठमोजाका २८ वर्षीय वरुणकुमार राजवंशीको मृत्युु भएको हो ।

मृतकले मादक पदार्थ सेवन गरेर चलाएका कारण मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि रतुवामाई नगर अस्पताल झुर्किया पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं