Lite Nepal

शुक्रबार, साउन ०८, २०८३

काठमाडौं । सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराई पक्राउ परेका छन् ।

स्थायी लेखा नम्बर (प्यान) बन्द गर्नका लागि आवश्यक पर्ने वडा कार्यालयको सिफारिस उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा वडा कार्यालय परिसरबाट पक्राउ गरेको जनाएको छ ।

आयोगका अनुसार सेवाग्राहीलाई कामका लागि अनावश्यक झन्झट दिई रकम माग गरेको भन्ने सूचनापछि निगरानी बढाइएको थियो । सोही क्रममा घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका लेखा अधिकृत भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं