काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा चार हजार तीन सय रुपैयाँले घटेर दुई लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार भने सुनको मूल्य तोलामा दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले घटेर ४ हजार ३१० कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार भने चाँदी तोलामा ४ हजार ४४५ रुपैयाँमा कायम भएको थियो ।