Lite Nepal

मंगलबार, साउन १२, २०८३

सुनसरी । सुनसरीका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (सिडिओ) इश्वरी प्रसाद अर्यालले कार्यभार सम्हालेका छन्। संखुवासभाको प्रमुख जिल्ला अधिकारीबाट सुनसरी सरुवा भएका अर्यालले सोमबार राति करिब १० बजे जिल्ला प्रशासन कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएर अर्याललाई सुनसरी पठाएको हो। घटनापछि जिल्लास्थित सुरक्षा निकायका प्रमुखसमेत परिवर्तन गरिएका छन्।

कार्यभार सम्हालेलगत्तै अर्यालले जिल्लाको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। उनले घटनापछि आन्दोलनमा रहेका दुवै पक्षलाई छुट्टाछुट्टै वार्ताका लागि बोलाउँदै संवादमार्फत समस्या समाधान गर्ने पहल अघि बढाएका छन्।

अर्यालले जिल्लामा शान्ति–सुरक्षा, सामाजिक सद्भाव र आपसी एकता कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। उनले संवेदनशील अवस्थामा सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै संवाद र सहमतिबाट निकास खोजिने विश्वास व्यक्त गरेका छन्।

कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनामा नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं