Lite Nepal

शनिबार, भाद्र १३, २०७७

विराटनगर, १३ भदौ । प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहवीमा ३ महिला ६ पुरुष, धरानमा २ महिला ४ पुरुष, झापाको दमकमा ७ महिला ९ पुरुष, झापा गाउँपालिकामा १ महिला २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २१६ पुगेको छ ।

प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन् ।

झापा मेचीनगरको धाईजन आईसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ५२५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ८६ हजार ४२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं