Lite Nepal

सोमबार, साउन २५, २०८३

काठमाडौं । स्पीनर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको ओडीआई कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडिआईको कप्तान नियुक्त गरेको हो ।

सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन् । सन् २०२२ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि कप्तानबाट हटाइएको थियो । सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन् ।

सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन्।

आइसीसी विश्वकप लिग-२ मा नेपालको प्रदर्शन खराब बनेसँगै कप्तान परिवर्तन गरिएको हो । योसँगै रोहितले ओडिआई र टी-२० दुवैको कप्तानी गुमाएका छन् । क्यानले यसअघि दीपेन्द्रसिंह ऐरीलाई टी-२० को कप्तान नियुक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं