Lite Nepal

सोमबार, भाद्र १५, २०७७

काठमाडौं। कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वमा साढे आठ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा चार हजार १६८ जनाको मृत्यु भएसँगै कुल संख्या आठ लाख ५० हजार १४९ पुगेको हो।

वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा दुई करोड ५३ लाख ७७ हजार ७१० संक्रमित देखिएका छन्।

पछिल्लो २४ घण्टामा दुई लाख १९ हजार ८९४ संक्रमित थपिएका हुन्।

यस्तै हालसम्म एक करोड ७७ लाख ७८१ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटरले जनाएको छ।

कोभिड-१९ बाट सबभन्दा बढी अमेरिका र त्यसपछि ब्राजिल प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं