Lite Nepal

सोमबार, भाद्र १५, २०७७

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयको सचिवालयका अनुसार मन्त्री घिमिरेको स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।

आईतबार देखी लगातार पखला लागेको र सोमबार ज्वरो समेत आएपछि मन्त्री घिमिरेको सोमबार विहान स्वाव संकलन गरिएको थियो ।

सोमबार साँझ कोरोना पोजेटिभ पुष्टि भएका मन्त्री घिमिरे अहिले घरमानै रहेका छन् ।

उनको परिवारको पनि स्वाव संकलनको तयारी भईरहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला सुरु भएको थियो ।

मन्त्री घिमिरे शनिबार साझदेखि निवासमानै छन् । मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं