Lite Nepal

शनिबार, साउन १७, २०७७

काठमाडौं । चर्चित गायिका सुनिता दुलालको नयाँ गीत बेसी मेलैमा सार्वजनिक भएको छ । एकपछि अर्को हिट गीत दिँदै आएकी दुलालको यस नयाँ गीतमा वैदेशिक रोजगारी, त्यसले श्रीमति तथा छोरोछोरीमा पार्ने प्रभाव, परिवारको आर्थिक अवस्था, महत्वाकांक्षी मानवीय स्वाभाव, भ्रष्टाचार तथा नेपाली समाजमा विद्यमान वेथितिले सिर्जना गरेको विषम परिस्थिती समेटिएको छ ।

नेत्र अर्यालको शब्द, रचना रहेको उक्त गीतमा दुलालसँगै खुमन अधिकारीको स्वर रहेको छ । संगीत पनि खुमनले नै भरेका छन् । समूह गायनमा सुनितामी परियार, पुस्प बोहरा, खेम सेन्चुरी र किरण विकको स्वर छ । शिव विकले निर्देशन गरेको म्युजिक-भिडियोमा नायक दिलिप रायमाझी र नायिका नम्रता सापकोटा फिचर्ड छन् ।

हेर्नुहोस भिडिओ :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं