Lite Nepal

आइतबार, साउन ३१, २०८३

उत्तराखण्ड । भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तीमा सात जना कामदारको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्।

उत्तराखण्डको चमोली जिल्लास्थित पीपलकोटी क्षेत्रमा बिहीबार अबेर राति दुर्घटना भएको हो। सुरुङभित्र करिब २५ जना कामदार कार्यरत रहेका बेला अचानक पानीको बहावसँगै आएको लेदो र भग्नावशेषले उनीहरूलाई थुनेको थियो।

दुर्घटनालगत्तै सुरु गरिएको उद्धार अभियानका क्रममा १६ जना कामदारलाई जीवितै बाहिर निकालिएको स्थानीय प्रशासनले जनाएको छ। उद्धारका क्रममा सात जनाको शव फेला परेको छ भने सुरुङभित्र फसेका अन्य कामदारको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ।

उक्त सुरुङ भारत सरकारको स्वामित्वमा रहेको टीएचडीसी इन्डिया लिमिटेडले निर्माण गरिरहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं