काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको छ। आइतबार सुन तोलामा ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ६० रुपैयाँले बढेर ४ हजार ७ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदी तोलामा ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो।