काठमाडौँ । दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री किम मिन–सुक सत्तारुढ डेमोक्रेटिक पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। उनले ५४.०८ प्रतिशत मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी जुङ चुङ–रेलाई पराजित गरे।
पार्टीको नयाँ र्याङ्क–च्वाइस मतदान प्रणालीबाट भएको निर्वाचनमा किम विजयी भएका हुन्। उनले आफ्नो कार्यकालमा राष्ट्रपति र सरकारलाई रचनात्मक सहयोग गर्दै पार्टी र सरकारबीच सन्तुलित र सहयोगात्मक सम्बन्ध कायम गर्ने प्रतिबद्धता जनाएका छन्।