काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आजदेखि कार्यभार सम्हालेका छन्।
सञ्चारग्रामस्थित काउन्सिलमा आज आयोजित कार्यक्रममा अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई शपथ ग्रहण गराउँदै काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधिलगायत सामग्री हस्तान्तरण गरे।
अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रका दिग्गज व्यक्तित्वहरू सदस्यका रूपमा प्राप्त भएको उल्लेख गर्दै अब काउन्सिलले केही न केही नयाँ परिवर्तन गरेरै अघि बढ्नुपर्ने बताए। काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलको संस्थागत संस्कारबारे संक्षिप्त जानकारी गराएका थिए।
