Lite Nepal

शुक्रबार, भाद्र ०५, २०८३

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, व्यवस्थित तथा अद्यावधिक बनाउन मतदातालाई आफ्नो विवरण जाँच गरी आवश्यक सुधारका लागि निवेदन दिन आग्रह गरेको छ।

आयोगले संवत् २०८३ असोज १ गते आफ्नो वेबसाइटमार्फत मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ। प्रकाशित नामावलीमा आफ्नो विवरण जाँच गरी कुनै त्रुटि भेटिए सम्बन्धित निर्वाचन कार्यालय वा आयोगको अनलाइन प्रणालीमार्फत सच्याउन निवेदन दिन सकिनेछ।

आयोगका अनुसार मतदाताले नाम, थर, उमेर, ठेगानालगायत विवरणमा त्रुटि भए सच्याउन निवेदन दिन सक्नेछन्। कसैले झुटो विवरण पेस गरी मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भए त्यसविरुद्ध उजुरी दिनसमेत आयोगले अनुरोध गरेको छ।

एकभन्दा बढी स्थानको मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले आफूले रोजेको एक स्थानमा मात्र नाम कायम गरी अन्य स्थानबाट नाम हटाउन निवेदन दिनुपर्ने आयोगले जनाएको छ।

त्यस्तै, नागरिकता त्याग गरेका वा मृत्यु भएका व्यक्तिको नाम मतदाता नामावलीमा कायम रहेको पाइएमा सम्बन्धित विवरण अद्यावधिक गर्न आयोगलाई सूचना दिन सकिनेछ। यस्तो निवेदन तथा सूचना आयोगको वेबसाइटमार्फत पेस गर्न सकिने आयोगले जनाएको छ।

मतदाता नामावलीको शुद्धता र नियमित अद्यावधिकले निर्वाचनको स्वच्छता, निष्पक्षता तथा विश्वसनीयता कायम गर्न सहयोग पुग्ने भन्दै आयोगले त्रुटि, दोहोरो नाम तथा अन्य गलत विवरण सच्याउने कार्यमा सहयोग गर्न सबै नागरिकलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं